Product Search
 My Cart
 
Home About Us Register FAQ Contact Us Online Shopping
 
Weekly Horscope back..
 From: 19-12-2069 To: 25-12-2069
 Select :
 

मेष

कल्पना शक्ति बढ्नेछ र धेरैलाई प्रभाव पार्न सकिनेछ । मानसम्मान पाइनेछ । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । आत्मबल बढ्नेछ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खालान् । शुक्रबारपछि अरूको भरपर्दा धोका हुने र आफ्नो पनि विश्वास गुम्ने सम्भावना छ । हात लागिसकेको कामसमेत फुत्कन सक्छ, सचेत रहनुपर्ला ।

वृष

साता रमाइलो रहला । कामबाट विश्राम लिने मौका छ । प्रियजनसँग भेटघाट हुनेछ । विभिन्न उपहार समेत पाइएला । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । साथीभाइसँग विचार नमिल्नाले केही विवादमा परिएला । तर प्रयास गर्दा बोलीकै भरमा काम बन्नेछन् । आतिथ्यपूर्ण सम्मान र सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । प्रेम र मित्रताको गाँठो कसिने बेला छ । आम्दानी प्रशस्तै हुनेछ र धनआर्जन गर्ने राम्रो मौका छ ।

मिथुन

सुरुको समय अलि कमजोर देखिन्छ । काममा बाधा र खर्चको मात्रा बढ्ने समय छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । मंगलबारपछि आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । सानो प्रयत्नले महत्वपूर्ण काम बन्न सक्छ । तर विवादमा परिने सम्भावना छ । सहयोगीहरूको साथ र आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । काममा उत्साह थपिनेछ ।

कर्कट

 व्यवसायबाट सोचेको लाभ मिल्नेछ । सुरुमै राम्रो आम्दानी हातपर्ला । काममा उत्साह बढ्नेछ । गरेको श्रमको उचित मूल्यांकन हुनेछ । विशिष्ट व्यक्तित्व र पुराना साथीभाइसँग भेटघाट गर्ने मौका आउला । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । टाढाको यात्रा सम्भावित छ । आरोग्य एवं स्पूmर्ति बढ्नेछ । विभिन्न उपहार पाइने समय छ । नयाँ काम गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।

सिंह

 समय रमाइलो रहला । रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ । व्यावसायिक काममा लाभ होला । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । शुक्रबारपछि भने खर्च बढ्ने र काम रोकिने सम्भावना देखिन्छ ।

कन्या

धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा सहभागी भइएला । राजनीति र नोकरीमा पनि उन्नति होला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । यात्रा फलदायी हुनेछ । नयाँ काम र जिम्मेवारी सम्हाल्ने समय छ । विद्यामा प्रगति हुनेछ । अरूको मन जितेर फाइदा उठाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । साताको अन्त्यमा खर्च बढ्नेछ । नयाँ काममा लगानी गर्ने समय छ ।

तुला

सुरुमा आर्थिक अभावले सताउन सक्छ । व्यावहारिक समस्या पनि आउलान् । चोटपटक लाग्ने वा अस्वस्थताको योग छ । कामको बोझ पनि थपिनेछ । मंगलबारपछि स्थितिमा सुधार आउला । नयाँ जिम्मेवारी पाइनेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण सम्भावना छ । व्यवसायमूलक यात्रा सम्भावना छ । आयआर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धिको समय छ ।

वृश्चिक

सुरुको समय रमाइलो रहला । रमाइलो यात्रा सम्भावित छ । प्रेमको बन्धन पनि कसिने बेला छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । मंगलबार र बुधबार भने केही समस्यामा परिनेछ । चोटपटक, अस्वस्थता र सानातिना काममै अल्झिनुपर्ने समस्या आउलान् । शुक्रबारदेखि समय अनुकूल रहनेछ । धर्मकर्ममा मन जाला । समाजसेवा, परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम सम्पादन हुनेछन् । आम्दानी पनि प्रशस्तै बढ्नेछ । नयाँ काम पाइने समय छ ।

धनु

प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित होलान् । अधुरा काम बन्ने समय छ । शरीरमा आरोग्य र स्पूmर्ति बढ्नेछ । प्रशस्त धन लाभ हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । चिताएको कुरा प्राप्त हुनेछ । नयाँ काम थालनी होला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । शुक्रबारपछि काममा झमेला र विवादमा परिने योग छ । अस्वस्थता पनि सम्भावना छ, सचेत रहनुहोला ।

मकर

शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । काम गरेर अरूलाई प्रभावमा पार्न सकिनेछ । पढाइलेखाइमा उन्नति हुनेछ । तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् । व्यापार–व्यवसायमा फाइदा होला । शत्रुबाधा समाप्त होला । प्रशस्त धन लाभ हुनेछ । चिताएको कुरा प्राप्त हुनेछ । नयाँ काम थालनी होला । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिनेछ । व्यवसायमूलक भ्रमण सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

कुम्भ

 परिवारजनसँग भेटघाट र आत्मीयता बढ्नेछ । विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ । नजिकका व्यक्तिबाटै धोका हुन सक्छ, महत्वाकांक्षी योजना गोप्य राख्नुपर्ला । मंगलबारपछि गुरुजनको साथ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । सन्तान वा अनुयायीका माध्यमबाट विशेष फाइदा होला । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । रमाइलो यात्राको योग छ ।

मीन

काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । व्यवसायमा प्रशस्त लाभ होला । प्रशस्त धन आर्जन गर्ने मौका छ । मंगलबार र बुधबारको समय अलि प्रतिकूल रहला । निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ । तापनि, पछिल्लो समयमा रोकिएका काम बन्नेछन् । पढाइलेखाइमा राम्रै उन्नति हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । कामबाट प्रशंसा पाइनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

 
 
Cyber Theque


Update Nepal
www.updatenepal.com